
नेपाली समाज भारत गोवा राज्यले मनायो श्रमिक दिबस। श्रमिकको हक हितमा काम गर्ने समाज को मुख्य उदेस्य।
हरेक बर्ष मे एक तारिखका दिन बिस्व भरिका श्रमिक हरु ले मनाउने श्रमिक हरु को एक पर्ब , १३६ औ श्रमिक दिबस नेपाली समाज भारत गोवा राज्य समितिले पनि , नोर्थ गोवा को बम्बोलिम मा भब्यता का श्रमिक दिबस मनाएको छ ,
प्रबाश मा रहेका मजुदुर तथा दुखि पिडित नेपाली हरु को हकहितमा लागि परेको संगठन नेपाली समाज भारतले गोवा राज्य मा मात्रै नभई भारत भरि श्रमिक दिबस मनाउन सफल भएको छ , यस संगठन लाइ अखिल भारत नेपाली एकता मच नाम परिबर्तन गरि , नेपाली समाज भारत नाम बनाइएको हो भने भारत मा 46 बर्ष पुरानो संगठन हो नेपाली समाज भारत ,
यस संगठनको गोवा राज्य मा निकै बहुलेयिता छ, धेरै जसो समाजसेबी हरु यस संगठन मा जोडिएका छन् , यसकारण पनि बेला मौकामा विभिन्न चाड पर्ब र दिबस हरुमा नियमित कार्यक्रम हरु गोवा मा हुदै आएका छन्।
मे १ तारिख अर्थात् शर्मिक दिबस ,संसार भरि का मजदुर एक हौ , नेपाली समाज भारत जिन्दाबाद भन्ने मूल नारा का साथ गोवा राज्यले पनि श्रमिक दिवस भब्य रुपमा मनाएको हो
उक्त समारोहमा नेपाली समाज भारत गोवा राज्य तयारी का सचिब धर्म प्रशाद ओली को संन्चालन मा सुरु भयको कार्य क्रम को अध्यक्षता नेपाली समाज भारत गोवा राज्य तयारी समिति का अध्यक्ष प्रकाश ओली ले गरेका थिए भने कार्य क्रम मा प्रमुख अतिथि संगठन का पुर्ब अध्यक्ष तथा प्रभावशाली ब्यक्तित्व इसोरी भन्डारी । अतिथि हरु मा केन्द्रिय उपाध्यक्ष भगवती भन्डारी,सहिद परिवारका सदस्य सम्मानित ब्यक्तित्व गोपाल खड्का समाज सेवी सुनिल रावत लगायत दर्जनौ अतिथि सहित दर्जनौ बढी संगठन समर्थक समिति सदस्य हरुको उपस्थिति रहेको थियो।
साथै कार्य क्रम मा गोवा को बिभिन्न ठाउँ हरु बाट नेपाली हरुको बाक्लो उपस्थिती थियो। बिस्व मा सर्बहारा बर्ग र श्रमजीवी वर्ग को निम्ति भइरहेका न्याय पुर्न आन्दोलनमा आफ्नो ज्यान को बलिदान दिनुहुने ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनट मोहनधारर्ण पछी नेपाली समाज भारत गोवा राज्य तयारी समिति का उपाध्यक्ष धनी प्रशाद खड्का ले आफ्नो स्वागत मन्तब्य राखेका थिए यसै गरी प्रमुख अतिथि इस्वरी भन्डारी ले अन्तराष्ट्रिय मजदुर दिवस को महत्व र मजदुर हरु ले पाउनु पर्ने हक अधिकारको बिषय मा उपस्थित समुदाय सबैलाई मजदुर दिवस को अबसरमा इस्पस्ट पारेका थिए अथिति हरु मा भगवती भन्डारी गोपाल खड्का नेपाली समाज भारत गोवा राज्य तयारी समिति का बरिष्ट उपाध्यक्ष धुर्ब न्यौपाने स सचिव कृष्ण बिष्ट मध्य गोवा नगर समिति सचिव महेन्द्र ओली बक्ता हरुले आ आफ्नो मन्तव्य राखेका थिए ।
गत अप्रिल १३ ,१४,१५, तारेख मा भयको केन्द्रिय सम्मेलन बाट निर्वाचित केन्द्रिय सदस्य हरु लाइ सफल कार्यकालको शुभकामना दिंदै निर्वाचन तथा लेखा परिषद सदस्य धर्म प्रशाद ओली ले प्रमाण पत्र वितरण समेत गरेका थिए निर्वाचित पदाधिकारीहरु मा १) श्रीमती भगवती भन्डारी (केन्द्रिय उपाध्यक्ष) २) प्रकाश ओली (केन्द्रिय सदस्य) ३ )धुर्ब न्यौपाने (केन्द्रिय सदस्य) ४) धनी प्रशाद खड्का (केन्द्रिय परिषद सदस्य) ५) कृष्ण बिष्ट (केन्द्रिय परिषद सदस्य) ६)निसा लाखे न्यौपाने ( केन्द्रिय परिषद सदस्य ७) टेकम कामी केन्द्रिय परिषद सदस्य) मा निर्वाचित भएका छन् । यसैगरी मार्च ९ तारेख मा भयको अन्तराष्ट्रिय महिला दिवस को उपलक्ष्यमा राखिएको साहित्यिक प्रतीयोगीता मा भाग लिने महिला हरु लाइ पनि प्रसंसा पत्र सहित सम्मानित गरिएको छ
सम्मानित हुने हरुमा श्रीमती सिता हमाल खिमा के सी लिलावती खड्का बिपना ओली हिरा के सी ओली लाई प्रमुख अतिथि इस्वरी भन्डारी बाट प्रसंसा पत्र वितरण गरियको थियो साथमा सुश्तिका बिष्ट र कबि राम बिष्ट को सालगिरा लाई पनि सानदार पुर्ण तरिका ले मनाएईयको थियो कार्य कार्य क्रमको अन्त्य मा उपस्थित समुदाय लाई धन्यवाद दिदै कार्य क्रम का अध्यक्ष प्रकाश ओलीले कार्य क्रम को समापन समापन गरेका थिए।
नेपाली समाज भारत ले अझ धेरै यस्ता काम कार्यक्रम हरु गर्दै जाओस गोवा नेपाली टि भी को तर्फ बाट हार्दिक बधाई तथा सुभकामना ब्यक्त गर्दछौ
तपाइलाई नेपाली समाज भारत संगठन कस्तो लाग्छ , नेपाली समाज भारत ले गरेका काम कार्यहरु कस्तो लागि रहेको छ आफ्नो बिचार लेख्न नभुल्नु होला हेर्दै गर्नु होला गोवा नेपाली टिभी धन्यबाद