logo

साहित्यकार रस्मि रोदन सम्मानित। गोधूलिले काठमाडौँमा मनायाे उन्नाइसौं वार्षिकोत्सव।


‘गाेधूलि कला साहित्य प्रतिष्ठान’ ले उन्नाइसौं वार्षिकाेत्सव मनाएकाे छ। नेपाल प्रज्ञाप्रतिष्ठानमा स्रष्टा अभिनन्दन, सम्मान, पुरस्कार अर्पण र कृति लाेकार्पण गरेर प्रतिष्ठानले वार्षिक उत्सव मनाएकाे हो

गोधूलि कला साहित्य प्रतिष्ठानकी संरक्षक पशुपति गुरुङको अध्यक्षता र वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे। उक्त कार्यक्रम मा लोकप्रिय साहित्यकार , रश्मि रोदन ,सम्मानित भएकी छिन्। उनलाई सिर्जनशील युवा सम्मान विधा बाट समानित गरिएको हो , साहित्यकार रश्मि रोदन गित गज़ल र मुक्तक विधामा बिगत २ दसक देखि कलम चलाउदै आएकी साहित्य क्षेत्र कि एक चर्चित नारी हस्ताक्षर हुन् , रश्मि द्वारा लिखित मुटु भित्रको कथा कविता संग्रह २०६१ / छहारीमा आशु २०६४ / सयुक्त गज़ल संग्रह / कोसेली २०७१ सयुक्त मुक्तक संग्रह / प्रियतम २०७४ मुक्तक संग्रह , लगायत अन्य फुटकर संग्रह दर्जनौ साहित्य कृति हरु प्रकासित छन् भने उनि द्वारा लिखित आधा दर्जन बढी गजल गीत र लोक गित हरु नेपाल का चर्चित गायक गायिका को आवाज मा सार्बजनिक भैसकेका छन् /

उनै लोकप्रिय साहित्यकार , रस्मि रोदन लाइ आफ्नो उन्नाइसौं बार्षिक उत्सब को अवसर मा गोधुली कला साहित्य प्रतिष्ठान ले सिर्जनसिल युवा सम्मान विधा मार्फत सम्मानित गरेको हो

गोधूलि कला साहित्य प्रतिष्ठानकी संरक्षक पशुपति गुरुङको अध्यक्षता र वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई गोधूलि वाङ्गय शिखर अभिनन्दनले अभिनन्दत गरिएको थियो अरनिको अभियान, नोवेल साकोस साहित्य संस्था, संस्कार समाज नेपाल, एन्जल्स् वर्ल्ड इन्टरनेशनल एकेडेमी, पौरखी हातहरू, राष्ट्रिय पत्रिका परिवार जस्ता संघसस्थाले सुवेदीलाई सामुहिक अभिनन्दन गरेका थिए।

त्यस्तै गरी वरिष्ठ कवि लक्ष्मी मालीलाई गोधूलि काव्यश्री सम्मान, वरिष्ठ मुर्तिकार भुवन थापा ‘बहुबि’ लाई गोधूलि अरनिको कला सम्मान, साहियकार/ समाजसेवी पलबीर जुग्जालीलाई गोधूलि सत्यमोहन संस्कृति सम्मान, अरनिको अभियन्ता डा. सागर न्यौपानेलाई अरनिको अभियान राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएकाे हाे।

प्रतिष्ठानका अध्यक्ष प्रकाश समीरले सञ्चालन गरेकाे कार्यक्रममा अनुवादक अणुराज जोशीलाई गोधूलि सिर्जना सम्मान, समाजसेवी केशर सुनारलाई गोधूलि समाजसेवा सम्मान, लोकसंस्कृति संरक्षक राम भण्डारीलाई गोधूलि कला संस्कृति संरक्षण सम्मान र साहित्यकार अज्ञात युवक (लवप्रसाद भण्डारी) लाई गोधूलि साहित्य जागरण सम्मान प्रदान गरिएकाे थियाे।

प्रतिष्ठानका अध्यक्ष प्रकाश समीरले सञ्चालन गरेकाे कार्यक्रममा अनुवादक अणुराज जोशीलाई गोधूलि सिर्जना सम्मान, समाजसेवी केशर सुनारलाई गोधूलि समाजसेवा सम्मान, लोकसंस्कृति संरक्षक राम भण्डारीलाई गोधूलि कला संस्कृति संरक्षण सम्मान र साहित्यकार अज्ञात युवक (लवप्रसाद भण्डारी) लाई गोधूलि साहित्य जागरण सम्मान प्रदान गरिएकाे थियाे।

त्यस्तै वार्षिकाेत्सवमा समाजसेवी अर्जुन सदाशंकरलाई गोधूलि कला (साहित्य सेवा सम्मान, गजलकार/ गीतकार रश्मी रोदनलाई गोधूलि युवा सिर्जनशील सम्मान, कलाकार अर्पिता पराजुलीलाई गोधूलि चित्रकला सम्मान र बालप्रतिभा संगम विकलाई गोधूलि-चिसकुमारी बालप्रतिभा पुरस्कार प्रदान गरिएको थियो।

समालोचक छायादत्त नेउपाने र अरनिको अभियान संस्थापक नारायणकुमार जिसीले अभिनन्दित, सम्मानित र पुरस्कृत व्यक्तित्वबारे बाेलेका थिए।

एनबी अन्जानकाे संयाेजनमा भएकाे कार्यक्रममा एन्जल वल्ड ईन्टरनेशल एकेडेमीका विद्यार्थीले मारुनी नृत्य प्रस्तुत गरेर सबैलाई स्वागत गरेका थिए।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि दिवसले ‘गाेधूलि कला साहित्य प्रतिष्ठान’ ले सरकारी तहबाट हुनुपर्ने कार्यक्रम गरेकोमा खुसी व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष लाेकप्रिय साहित्यकार ललिता दोषीका ललिताको लालित्य (सुसेलीसङ्ग्रह), उघ्रिंदैन आकाश (मुक्तकसङ्ग्रह), हार्मोनियमको धुन (बालचित्रकथा) र नीलकमल (अङ्ग्रेजी कथा) कृति एकैसाथ लोकार्पण गरिएको थियो।

सम्मानित सबै स्रस्था हरु र उन्नाइसौं बार्षिक उत्सब मनाउना सफल गोधुली कला साहित्य प्रतिष्ठान लाइ गोवा नेपाली टिभी को तर्फ बाट हार्दिक बधाई तथा सुभकामना ब्यक्त गर्दछौ ,

14
510 views